• उत्पादन शाखाको वार्षिक योजना तयार गर्ने
  • आवश्यक परे औषधि उत्पादन सम्बन्धी विभिन्न निर्देशिका बनाउन सहयोग गर्ने।
  • औषधि उत्पादनलाई आवश्यक पर्ने कच्चा पदार्थ तथा जडिबुटीहरुको खोज अनुसन्धान र पहिचान गर्ने ।
  • मार्केटिङ्ग शाखासंग समन्वय गरी वार्षिक उत्पादन लक्ष तयार गर्ने।
  • औषधि उत्पादनलाई आवश्यक पर्ने कच्चा पदार्थ तथा प्याकिङ्ग सामाग्रीहरुको वार्षिक अनुमानित लक्ष्य निर्धारण गर्ने।
  • आवश्यकता पहिचान गरी GMP अनुसारका थप उपकरणको व्यवस्था गर्ने।
  • नयाँ औषधिहरु निर्माणको लागि गुणस्तर शाखासंग समन्वय गर्ने।
  • औषधि उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ तथा प्याकिङ्ग सामाग्रीहरुको स्टोर दाखिला गर्नु पूर्व गुणस्तर शाखसँग समन्वय गरि गुणस्तर तथा नापतौल निरीक्षण गरी स्टोर दाखिला गर्ने ।
  • निर्धारित वार्षिक लक्ष्यअनुसार त्रैमासिक र मासिक रुपमा लक्ष्य निर्धारण गरी औषधिहरु उत्पादन गर्ने ।
  • कच्चा जडिबुटी तथा प्याकिङ्ग सामाग्रीहरुलाई सुरक्षित र व्यवस्थित गर्ने।
  • शाखालाई आवश्यक अन्य सामाग्रीहरुको व्यवस्था गर्ने ।