देशमा उपलब्ध औषधि द्रव्यहरुको प्राकृतिक श्रोतहरुको अधिकतम प्रयोग गर्दै प्रभावकारी, गुणस्तरयुक्त तथा सुरक्षित शास्त्रीय तथा तरकिव औषधिहरुको निर्माण गर्ने ।
उचित मूल्यमा गुणस्तर युक्त आयुर्वेद औषधिहरुको उत्पादन गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा उचित मूल्यमा बिक्री वितरण तथा प्रचार/प्रसार गर्ने ।
देशभित्र उपलब्ध तथा अन्य औषधि द्रव्यहरुको वैज्ञानिक अनुसन्धानात्मक परीक्षण गरी स्तरीय आयुर्वेद औषधिहरुको आपूर्तिद्वारा चिकित्सा सेवालाई सुलभ एवं व्यापक बनाउने ।
देशभित्र उपलब्ध र विलुप्त हुन लागेका तथा अन्य औषधि योग्य जडिबुटीहरुको उचित संरक्षण, उत्पादन, सम्बद्र्धन एवं सदुपयोगको निमित्त सर्व साधारण जनतालाई प्रोत्साहित गरी रोजगारीको अवसर सिर्जना गरि वातावरण संरक्षण एवं पर्यटकीय आकर्षण बढाउन समेत सघाउ पुर्याउने ।
देशको विभिन्न क्षेत्रहरु (जस्तै हिमाली, पहाडी तथा तराई) मा नमूना जडिबुटी व्यवसाय सञ्चालन गरी त्यस क्षेत्रका जनताको आयश्रोत बढाउनुका साथै उनीहरुको जीवनस्तर माथि उकास्न सहयोग पुर्याउने।