कर्मचारीहरुको नियुक्ति प्रकृया, पदस्थापना, बढुवा, विभागीय कारवाही तथा अवकाश सम्बन्धी सम्पूर्ण कार्यको अभिलेख राख्ने ।
कर्मचारीहरुको हाजिरी तथा बिदा सम्बन्धी कार्यको अभिलेख राख्ने ।
विकास समिति तर्फका कर्मचारीहरूको नियुक्ति, बढुवा तथा पदस्थापना सम्बन्धी कार्य गर्ने।
यस समितिमा कार्यरत कर्मचारीहरूको वैयक्तिक विवरणको अभिलेख राख्ने।
दर्ता चलानी सम्बन्धी कार्य गर्ने ।
कार्यालयको आवश्यकता अनुसार टेलिफोन, बत्ती, पानी, सरसफाइ मर्मत सम्बन्धी कार्यको दुरुस्त गर्ने।
पुस्तकालय सम्बन्धी व्यवस्था गर्ने ।
कर्मचारी प्रशासन सम्बन्धी विषयमा प्रशिक्षण, अनुगमन, प्रतिवेदन तथा सो सम्बन्धी अन्य आइपर्ने कार्यहरु गर्ने ।
कार्यालयमा सञ्चालन हुने समिति, उप समिति तथा अन्य बैठक सञ्चालन कार्यका साथै प्रस्तावको दस्तावेज तयार गर्ने ।
जिन्सी व्यवस्थापन, खरिद व्यवस्थापन लगायत आन्तरिक प्रशासन सम्बन्धी कार्यहरू गर्ने।
कार्यालयमा आवश्यक पर्ने अन्य प्रशासनिक कार्यमा सहयोग गर्ने ।
कार्यालय प्रमुखले लगाए अहा्रएका अन्य कार्यहरु गर्ने गराउने ।
नेपाल सरकारबाट प्राप्त बजेट सिलिङ्ग भित्र रहि बजेट तर्जुमा सहयोग गर्ने ।
समितिको वार्षिक आर्थिक कारोबार सञ्चालनको लागि समिति समक्ष बजेट तर्जुमा गरि पेश गर्ने कार्यमा सहयोग गर्ने ।
नेपाल सरकार तथा समितिको राजश्व विनियोजन, धरौटी तथा अन्य कोषहरुको आर्थिक कारोबारोको सञ्चालन गर्ने तथा श्रेष्ता अध्यावधिक राख्ने र प्रतिवेदन तयार गर्ने ।
नेपाल सरकार तथा समितिको राजश्व विनियोजन, धरौटी तथा अन्य कोषहरुको आन्तिक तथा अन्तिम लेखा परिक्षण गराउने ।
आन्तरिक तथा अन्तिम लेखा परिक्षणबाट कायम हुन आएको बेरुजुको लगत राख्ने र बेरुजु समपरिक्षणको लागि पेश गरि फछर्यौट गर्ने गराउने।
स्रोत परिचालन सम्बन्धमा विश्लेषण गरि राय सुझाव पेश गर्ने ।
आर्थिक कारोबार संचालन तथा समितिको आन्तरिक बजेट संचालन गर्ने ।
आर्थिक प्रशासन ऐन नियममा उल्लेख गरिए अनुसार रितपूर्वकको अद्यावधिक श्रेस्ता राख्ने र नियमानुसार खाता संचालन गर्ने । निकासा भएको रकमको खर्चको हिसाब किताब रीतपूर्वक राख्ने, खर्चको फाँटवारी तथा आर्थिक विवरण तयार गर्ने ।
आर्थिक प्रशासन तथा लेखा व्यवस्थापन सम्वन्धि आई पर्ने अन्य कार्य समेत गर्ने ।
बजेट तर्जुमा गर्ने ।
विनियोजित रकम नपुग भई थप रकम माग गर्नु परेमा निकासा खर्च र बाँकी समेत देखाई अधिकार प्राप्त अधिकारी समक्ष आवश्यक रकम निकासा माग गर्ने ।
आर्थिक कारोवारमा आफूभन्दा माथिको अधिकार प्राप्त अधिकारीलाई सहयोग पुर्याउने र यथा समयमा लेखा परीक्षण गराउने ।
कार्यालय प्रमुखले लगाए अह्रारएका अन्य कार्यहरु गर्ने गराउने ।