• औषधि उत्पादनमा प्रयोग हुने मेसिन तथा अन्य उपकरणहरुको सञ्चालन, रेखदेख, सुरक्षा, सरसफाई र मर्मत सम्बार कार्य गर्ने, गराउने।
  • प्रत्येक दिन मेसिनमा आउने औषधिहरुको परिमाण खोलि विवरण राख्ने ।
  • उत्पादन शाखामा सञ्चालित मेसिनहरुको मर्मत तथा संभारका लागि उत्पादन शाखासँग समन्वय गर्ने ।
  • उत्पादन गर्न चाहिने मेसिनहरुको आवश्यकता पहिचान गरी उत्पादन शाखासंग समन्वय गरी थप मेसिनको व्यवस्था गर्ने ।
  • औषधि निर्माणमा प्रयोग हुने मेसिन तथा अन्य उपकरणहरुको सुपरिवेक्षण, आवश्यकता अनुसार निर्देशन, नियनत्रण गर्ने गराउने ।
  • कार्यालय प्रमुखले लगाए अहा्रएका अन्य कार्यहरु गर्ने गराउने ।
  • यस शाखालाई निर्दिष्ट गरिने अन्य कार्यहरु गर्ने गराउने ।
  • Preventive maintenance Plan तयार गरी कार्यान्वयन गर्ने ।
  • मर्मतका लागि आवश्यक पर्ने स्पेयर पार्टस (Spare Parts) र औजारहरूको माग गर्ने।
  • स्टक रजिस्ट्रर दुरुस्त राख्ने र प्रयोग भएका पार्टपुर्जाहरूको अभिलेख राख्ने।
  • नयाँ मेसिनरी सामान खरिद गर्दा प्राविधिक स्पेसिफिकेसन (Technical Specification) तयार पार्न सहयोग गर्ने।
  • कार्यशाला (Workshop) भित्र सुरक्षाका मापदण्डहरू पालना गराउने।
  • मेसिन सञ्चालन गर्दा हुन सक्ने जोखिम न्यूनीकरणका उपायहरू अपनाउने।
  • कुन मेसिन कति समय चल्यो र कति खर्च भयो भन्ने लग-बुक (Log Book) तयार पार्ने।
  • मासिक वा वार्षिक रूपमा मर्मत सम्भार सम्बन्धी प्रतिवेदन कार्यालय प्रमुखलाई बुझाउने।
  • लिलाम गर्नुपर्ने पुराना र काम नलाग्ने मेसिनहरूको लगत तयार गर्ने।
  • कार्यालय प्रमुखले लगाए अह्रारएका अन्य कार्यहरु गर्ने।