• आवधिक तथा वार्षिक योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने ।
  • अल्पकालिन तथा दीर्घकालिन योजना तथा रणनीति तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन र विश्लेषण गर्ने ।
  • विकास समितिको त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक कार्यक्रमहरुको प्रगति प्रतिवेदन तयारी गर्ने।
  • कार्यक्रमको विश्लेषण गर्ने ।
  • कार्यक्रमहरुको आवधिक तथा वार्षिक समीक्षा गर्ने ।
  • वार्षिक बजेट तथा कार्यक्रम निर्माण एवं कार्यान्वयन गर्न विभिन्न शाखासँग समन्वय एवं सहकार्य गर्ने ।
  • मार्केटिङ्ग तथा उत्पादन शाखासँगको समन्वयमा वार्षिक लक्ष तयार गर्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्ने ।
  • अल्पकालिन तथा दीर्घकालिन योजना तथा कार्यक्रम निर्माण एवं कार्यान्वयनमा सम्बन्धित शाखाहरुसँग समन्वयकासाथ कार्य गर्ने ।
  • विभिन्न शाखाबाट आवश्यक तथ्याङ्क प्राप्त गर्ने, व्यवस्थित गर्ने, अध्ययन तथा विश्लेषण गर्ने एवं आवश्यकता अनुसार कार्यालय प्रमुखसँग प्रतिवेदन पेश गर्ने । आवश्यकतानुसार तथ्याङ्क व्यवस्थापनका लागि विभिन्न शाखामा विभिन्न फारामहरु तयार गरी सोको उपयोग गर्ने ।
  • कार्यालयको अल्पकालिन तथा दीर्घकालिन विकासका लागि विभिन्न नीति योजना तथा रणनीति तयार गर्न आवश्यक भूमिका निर्वाह गर्ने ।
  • कार्यालयको आर्थिक तथा वित्तीय इकाइ सम्बन्धी कार्यहरु समन्वयामक रुपमा सम्पादन गर्ने ।
  • कार्यालय प्रमुखले लगाए अह्रारएका अन्य कार्यहरु गर्ने।