उत्पादित औषधिहरुको बजार प्रवर्धनकोलागि आवश्यक नीति बनाउने ।
मार्केटिङ्ग शाखाको वार्षिक बिक्री लक्ष्य तथा कार्ययोजना तयार गर्ने।
बजार अनुगमन,मूल्याङ्कन र औषधि आपूर्ति व्यवस्थापन सम्बन्धी वार्षिक लक्ष्य तयार गरी उत्पादनशाखासँग समन्वय गर्ने।
व्यापारिक प्रतिष्पर्धाको लागि वार्षिक तथा अर्धवार्षिक रुपमा बजारमूल्य र समय सापेक्ष आयुर्वेद औषधिहरुको माग सम्बन्धी बजार अध्ययन गरी प्रतिवेदन पेश गर्ने।
वैद्यखानाको उद्देश्य अनुरुप डिलर तथा खुद्रा व्यापारिहरुको समन्वयात्मक सम्बन्धको नियमित रुपमा अनुगमन, निरीक्षण तथा छड्के जाँच गर्ने।
वैद्यखानाको उद्देश्यअनुसार मापदण्ड तोकी नियुक्ती गरिएका स्टकिष्टहरुको अर्धवार्षिक तथा वार्षिक मूल्याङ्कन गर्ने ।
आपूर्ति भएका औषधिहरुको Expire Date, Stock Quantityसो अवधिको गुणस्तरको अवस्था सम्बन्धमा समय समयमा बजार अनुगमन गरी आपूर्ति व्यवस्थापन सहज बनाउने ।
निर्मित औषधिस्टोरलाई सहज, व्यवस्थित र गुणस्तरलाई ध्यान दिई स्टोर व्यवस्थापनलाई सरलीकरण गर्ने ।
ब्यापार प्रवर्धन गर्नको लागि आकर्षक प्याकिङ्ग, प्रचार प्रसार र समय सापेक्ष र औषधिको स्टक र निर्मित समयावधिलाई मध्यनजर गरी अर्धवार्षिक तथा वार्षिक रुपमा औद्योगिक व्यापार मेला सहभागिता तथा व्यापारीसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने ।
आपुर्तिमा समस्या आएका र बजारमा गइसकेका औषधिहरुको बारेमा गुणस्तर शाखा र उत्पादन शाखासंग समन्वय गरी तुरुन्त बजारबाट Recall गरी व्यवस्थापन गर्ने ।
बिक्री काउण्टर तथा बजारको माग अनुसार आपूर्ति हुने औषधिहरुको प्राथमिकिकरण गरी तत्काल उत्पादन शाखासंग समन्वय गरी मासिक त्रैमासिक तथा वार्षिक रुपमा परिमाणात्मक तथा आर्थिक प्राथमिताको आधारमा विवरण तयार गर्ने ।
जिन्सी तथा आर्थिक कारोबार सम्बन्धी खाता दुरुस्त गर्ने ।
व्यापार प्रवर्धनको लागि वार्षिक कार्यविधि तय गर्ने ।
शाखासंग सम्बन्धित आइपर्ने अन्य कार्य गर्ने ।
नयाँ प्रयोग हुने क्यातधबचभ लाई पूर्णतः सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने ।
कार्यालय प्रमुखले लगाए अह्रारएका अन्य कार्यहरु गर्ने।